यी हुन् देउवालाई विश्वासको मत दिने एमालेका थारु सांसद

नेकपा एमालेका २२जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । तीमध्ये ८ जना केपी ओली पक्षका छन् । बरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनाले विश्वासको मत दिँदा नेपाल पक्षका १० जना सांसद भने मतदान बहिस्कार गरेर हिडेका छन् । योगेश भट्टराई, गोकर्ण विष्ट र राजबहादुर बुढाबाहेक अरुले देउवाको पक्षमा हस्ताक्षर गरेर राष्ट्रपति र अदालत समक्ष गएका थिए ।

देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरु यस प्रकार छन् :

माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशंखे, हिरा केसी, कृष्ण श्रेष्ठ (किसान), गोपाल बम, प्रेम आले, धनबहादुर बुढा, बिना बूढाथोकी, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, निरा जैरी, रामकुमारी झाँक्री, कलिला खातुन, समिना हुसेन र कृष्णलाल महर्जन छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *