सर्वोच्चको फैसला लोकतान्त्रिक व्यवस्थाको उपहास : राजकुमार लेखी

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार लेखीले सर्वोच्च अदालतको फैसला लोकतान्त्रिक व्यवस्थाको उपहास भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् सर्वोच्च अदालतको फैसलाले नेपालको राजनीति झनै अन्योलपूर्ण बनाउने दाबी गरे।

‘अरु जे-जे भए पनि अदालतले फलानोलाई प्रधानमन्त्री बानाउ भन्नू। लोकतान्त्रिक व्यवस्थाको उपहास र बेइज्जती नै हो। किनकि बहुदलीय संसदीय व्यवस्थामा प्रधानमन्त्री बनाउने त प्रतिनिधि सभाले हो,’ उनले भने।

थारु नेता लेखीले अदालतको निरणय ठीक बेठीक जे भए पनि गराउने प्रमुख नेताहरु नै भएको आरोप लगाए। खिलराज रेग्मीलाई पनि यिनैले ल्याएको उनको भनाइ छ।

‘सर्वोच्च अदालतको निर्णयलाई कसैले ठीक कसैले बेठीक भनिरहेको छ। एक पक्षले स्वागत अर्को पक्षले विरोध गरिरहेको छ। अदालतले ठीक बेठीक जे निर्णय गरे पनि, गराउने त यिनै पाँच सात जना प्रमुख नेताहरु हुन्। खिलराज ल्याएका पनि यिनैले हुन्,’ उनले भने।

सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो। जसअनुसार उनी आज प्रधानमन्त्रीमा नियुक्तसमेत भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली भने राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट विदा लिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *