नरेश जोगी र अन्नु चौधरीको नयाँ गीत आउँदै, म्युजिक भिडियोको छाँयाकन सकियो

थारु सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका गायक नरेश जोगीको नयाँ थारु गीतको छाँयाकन गरिएको छ। उनले नेपाली फिल्मका सुपरहिट अभिनेता पल शाहसँग एकपटक फेरि सहकार्य गरेका छन्। पहाडी बठिनिया र दिन गिन गिनके पछि नरेशले आफ्नो नयाँ गीत तोहर प्यारमे बोलको गीतमा पलसँग सहकार्य गरेका हुन्।

गीतको भिडियोलाई आज काठमाडौंको श्री काली चौरमा छाँयाकन गरिएको छ। भिडियोमा पल शाहसँग जेसिका चौधरीले अभिनय गरेकी छन्।

यसअघि वर्षा राउत र गरिमा शर्मालाई आफ्नो गीतको म्युजिक भिडियोमा अभिनय गराइसकेका नरेशले यसपटक थारु मोडेल जेसिकालाई चान्स दिएका छन्। भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् भने विक्रम चौहानले निर्देशन गरेका छन्।

नरेशकै शब्द संगीत रहेको गीतमा गणेश चौधरीको अरेन्ज रहेको छ भने चन्द्र चौधरीले मिक्सिङ गरेका छन्। गीतमा नरेश र अन्नु चौधरीको स्वर रहेको छ। गीतको म्युजिक भिडियो सेबिल इन्टरटेनमेन्टको युट्युब च्‍यानलबाट सार्वजनिक गरिने तयारी भएको गायक नरेश जोगीले जानकारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *