ओलीले गरेका असंवैधानिक नियुक्तिहरु पनि खारेज गरिनुपर्छ : अमलाल मोदी

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले असंवैधानिक नियुक्तिहरु खारेज हुनुपर्ने बताएका छन्। उनले केपी शर्मा ओलीले असंवैधानिक तवरले गरेका नियुक्तिहरु खारेज हुनुपर्ने बताएका हुन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदरको फैसला गरेपछि र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि सांसद मोदीले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

उनले भनेका छन्, ‘लामो रस्साकसी पछि सर्वोच्च अदालतले आज लोकतान्त्रिक गणतन्त्रको पक्षमा ऐतिहासिक फैसला गरेको छ। यद्यपि अझै संवैधानिक निकायको नियुक्ति खारेजी नभएसम्म आन्दोलन र खबरदारी जारी रहनेछ। अनिमात्र संविधानको रक्षा हुनेछ,’ उनले फेसबुकमा लेखेका छन्।

यसअघि माधव पक्षीय नेकपा एमाले सांसद मेटमणि चौधरीले केपी ओलीजस्ता खराब शाकसको अन्त्य भएको बताएका थिए।

यो पनि पढ्नुस्: 

केपी ओली नामको खराब शासकको अन्त्य : मेटमणि चौधरी




Leave a Reply

Your email address will not be published. Required fields are marked *