उपमेयर सन्जु चौधरी र युवा नेता सीतारम चौधरी तरुण विभागको सदस्यमा मनोनीत

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश तरुण विभागको सदस्यमा दुई जना थारु मनोनीत भएका छन्। कोहलपुर नगरपालिकाकी उपमयरसमेत रहेकी सन्जु कुमारी चौधरी र बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सीतारम चौधरी सदस्यमा मनोनीत भएका हुन्।

कांग्रेस नेता मिनराज चौधरीले सन्जु र सीतारामलाई तरुण विभागमा मनोनीत गरेको जानकारी दिएका छन्।

‘बर्दियाली थारु विकास मञ्चका अध्यक्ष, थारु विद्यार्थी समाज केन्द्रीय कर्यसमितिका कोषाध्यक्ष, थरुहट थारुवान राष्ट्रिय युवा शक्तिका केन्द्रीय संयोजक सीताराम चौधरी र कोहलपुर नगरपालिकाको उपमेयर नेपाली काङ्ग्रेसका जुझारु नेतृ सन्जु कुमारी चौधरी नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश तरुण विभागको गरिमामय सदस्य पदमा मनोनित हुनुभएको छ,’ उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

यो पनि पढ्नुस् :

पूर्वमन्त्री चौधरीले आफ्नै पार्टीका पूर्व नेताहरुलाई भनिन् ‘पाल्तु कुत्ता’




Leave a Reply

Your email address will not be published. Required fields are marked *