पूर्वमन्त्री चौधरीले आफ्नै पार्टीका पूर्व नेताहरुलाई भनिन् ‘पाल्तु कुत्ता’

पूर्व कृषिमन्त्री एवं निवर्तमान सांसद राम कुमारी चौधरीले एमाले गएका पूर्व माओवादी नेताहरुलाई कुकुर भनी अपशब्द प्रयोग गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत् एमाले गएका प्रभु साह, रामबहादुर थापा, गौरीशंकर चौधरी, टोपबहादुर रायमाझी र लेखराज भट्टराईलाई कुकुर भनी सम्बोधन गरेकी हुन्।

‘ओलीका पाल्तु कुत्ताहरु पभ्रु, राम, गौरीशंकर, टोपे र लेखेको माग दाबी निर्वाचन आयोगद्वारा खारेज,’ उनले फेसबुकमा लेखेकी छन्। उनको यो भाषा चयनलाई लिएर कमेन्ट गाली गर्नेहरुको औइरो लागेको छ। कमेन्ट गर्ने अधिकांशले पूर्वमन्त्रीको भाषा शैली यस्तै हुन्छ भनी प्रश्न गरेका छन्।

आइतबार निर्वाचन आयोगले एमाले गएका पूर्वमाओवादी नेताहरुले माओवादी केन्द्र खारेज गर्न दिइएको निवेदन खारेज गरिदिएको थियो। आयोगले माओवादी केन्द्र वैधानिक रहेको उल्लेख गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *