कैलालीका स्थानीय तहमा थारुमाथि एमालेको विभेद्, दुई जनामात्र थारु संयोजक छनोट

नेकपा एमालेले अधिवेशनको तयारीस्वरूप कैलालीमा रिक्त रहेका स्थानीय तहमा पदाधिकारी चयन भएका छन्। कैलालीमा भदौ ५ गते वडा अधिवेशन, १५ गते स्थानीय तह, ३० गते जिल्ला र असोज २३ मा प्रदेश अधिवेशनको मिति तय गरिएको छ। अधिवेशनको लागि यहाँका १३ वटै स्थानीय तहमा रिक्त रहेका स्थानीय तहमा संयोजक र सचिव तोकिएका हुन्।

नयाँ जिम्मेवारी पाउनेहरूमा पूर्वमाओवादीबाट एमाले आएकाहरू पनि छन्। केन्द्रीय कमिटीको निर्णय अनुसार रिक्त रहेको स्थानमा जिम्मेवारी दिइएको एमाले केन्द्रीय सदस्य तथा कैलाली सहइञ्चार्ज लीला भण्डारीले जानकारी दिइन्।

१३ स्थानीय तहमध्ये घोडाघोडी र कैलारीमा थारुहरुले संयोजक जिम्मेवारी पाएका छन् भने जानकी, जोशीपुर र कैलारीमा सचिवको जिम्मेवारी थारुले पाएका छन्।

हेर्नुस् सूची

धनगढी उपमहानगरपालिका
संयोजक : रामचन्द्र जोशी
सचिव : प्रेम महरा

गोदावरी नगरपालिका
संयोजक : गोकर्ण भट्ट
सचिव : आनन्द भट्ट

गौरीगङ्गा नगरपालिका
संयोजक : शान्ति सिंह
सचिव : राजु गुरुङ

घोडाघोडी नगरपालिका
संयोजक : बाधुराम चौधरी
सचिव : विकास विष्ट

लम्कीचुहा नगरपालिका
संयोजक : तुलासिंह थापा
सचिव : नवराज विष्ट

टीकापुर नगरपालिका
संयोजक : मोहन विक
सचिव : धुर्वराज खत्री

भजनी नगरपालिका
संयोजक : खडक बुढा
सचिव : राज बुढा

जानकी गाउँपालिका
संयोजक : बवल रावत
सचिव : उत्तमचन्द्र चौधरी

जोशीपुर गाउँपालिका
संयोजक : ओम विनाडी
सचिव : रामभराम चौधरी

बर्दगोरीया गाउँपालिका
संयोजक : मधुकर सिजापति
सचिव : देवेन्द्र शाही

मोहन्याल गाउँपालिका
संयोजक : पूर्ण साउद
सचिव : टेकेन्द्र सिजापति

चुरे गाउँपालिका
संयोजक : चक्र बोगटी
सचिव : हर्क धामी

कैलारी गाउँपालिका
संयोजक : अनुपा चौधरी
सचिव : गणेश चौधरी




Leave a Reply

Your email address will not be published. Required fields are marked *