नेपालकै दोस्रो ठूलो सिसहनिया पुलको ‘एप्रोज’ बाढीले बगायो

दाङको राप्ती नदीमा निर्मित नेपालकै दोस्रो लामो पुलको ‘एप्रोच’मा बाढीले क्षति पुर्याएपछि यातायात ठप्प बनेको छ। अविरल वर्षातपछि आएको बाढीका कारण पुलको ‘एप्रोच’मा क्षति पुगेपछि यातायातका साधन सञ्चालनमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।
लुम्बिनी प्रदेशको राजधानीको केन्द्र तोकिएको राप्ती र गढवा गाउँपालिका जोड्ने राप्ती नदीमा निर्मित सिसहनिया पुल जोड्ने हुलाकी मार्गको एप्रोच बाढीले भत्काएको कुरुम्बाङले बताए।उक्त पुलको लम्बाइ ८६० मिटर र चौढाइ साढे १० मिटर रहेको छ। यो पुल अनक निर्माण सेवाले निर्माण गरेको हो।
आर्थिक वर्ष २०७२/०७३ देखि निर्माण सुरू गरेको कम्पनीले सम्झौताभन्दा अगाडि नै काम सकेको हुँदा निकै प्रशंसा बटुलेको थियो।
Facebook Comment