मेटमणि चौधरीले भने- केपी ओलीलाई अब रेबिजको भ्याक्सिन दिनुपर्छ, हेर्नुस् उनको १८ बुँदे आरोपपत्र

एमाले नेता मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साँच्चिकै बहुला कुकुरले टोकेकाले रेबिजको भ्याक्सिन दिनुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले सोमबार मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा ‘माधव नेपाललाई प्रधानमन्त्री बनाउन मलाई बहुला कुकुरले टोकेको छ र’ भन्दै प्रश्न गरेका थिए।

त्यसको एक दिनअघि एमालेका वरिष्ठ नेता नेपालले आफूलाई प्रधामन्त्री बन्न प्रस्ताव आएको तर शेरबहादुर देउवा नेतृत्वको गठबन्धनलाई छोडेर नजाने बताएका थिए। त्यसकै जवाफमा ओलीले प्रचण्डपथतिर लागेका माधव नेपाललाई प्रधानमन्त्रीको कुनै प्रस्ताव नगरिएको स्पष्ट पारेका थिए।

त्यही विषयलाई लिएर नेता चौधरीले यस्तो अभिव्यक्ति दिएका छन्। उनले लेखेका छन्, ‘केपी ओली नामको व्यक्तिलाई साँच्चिकै बहुला कुकुरले टोकेकाले रेबिजको भ्याक्सिन दिनुपर्छ जस्तो लाग्यो। जहाँसम्म पुच्छरको कुरा छ- रातिको समय जनता, देश निदाएको ऐडीमा सामन्त गोयलसँगको बालुवाटारमा भएको भेटकै दिनदेखि सबै नेपाली जनताहरु पुच्छर पलाएको देखिम।’ उनले पुच्छरको विशेषता टाउको जता जान्छ, पुच्छर नि उतै जाने हो भन्दै व्यगंय गरेका छन्।

भिडियो हेर्नुस्:

नेता चौधरीले ओलीको निगाहमा बाँचेकाहरुलाई १८ बुँदे आरोपसमेत लगाएका छन्। उनले भनेका छन्, ‘केपी ओलीले संविधान धुजा बनाए, कानुन मान्दैनन्, अध्यादेशमार्फत् देश चलाँउछन्, प्रणाली ध्वस्त पार्ने काम गरे, कम्युनिस्ट आन्दफलन विभाजन गरे, पार्टीलाई रसातालमा पुर्‍याए, सर्वोच्चको फैसला मान्दैन भन्छन्, अझ च्यालेन्ज गर्छन्, ओलीको असंवैधानिक कदममा लगाम लगाउँछ, तैपनि महसुस गर्दैनन्, अदालतको निर्णय मान्छु भन्छन्, तर कार्यन्वयन गर्दैनन्, पार्टी एकताको कुरा गर्छन्, तर एकता विरोधी अनेक काम गर्छन्, एकताको लागि प्रस्ताव गर्छन्, तर अनेक जाली कुरा समावेश गर्छन्, प्रतिनिधि सभा भंग गर्छन्, तर फेरि प्रधानमन्त्री हुनको लागि अनेक झेली खेल खेल्छन्।’

नेता चौधरी अगाडि थप्छन्, ‘प्रधानमन्त्री हुने चाहनै होइन् भन्छन्, तर समय अगावै बिन्ती पत्र चढाँउछन्, अरूलाई कुर्सीको लोभी भन्छन्, तर आफू नपाएमा कुर्सी भाँच्ने कुरा गर्छन्, राष्ट्रवादको कुरा गर्छन्, तर देश सुतेको बेला सामन्त गोयलसँग एकलै भेटीघाटी गर्छन्, कम्युनिष्ट हुँ भन्छन्, तर एक नम्बरको धर्मगुरूजस्तै प्रवचन ठोक्छन्, भ्रष्टाचारको शून्य सहनशीलताको कुरा गर्छन्, तर वरिपरि, दाँयाबाया र तलमाथि सबैतिरबाट भ्रष्टाचारी बसालेका हुन्छन्, सन्तुलित विकासको कुरा गर्छन्, तर आफ्नो निर्वाचन क्षेत्रमा बजेटको थुप्रो लाँउछन्, अरू जिल्लाका जनताहरू सिटामोल नि पाँउदैनन्, सबैलाई समान अवसरको कुरा गर्छन्, तर राज्यले गर्ने अधिकांश नियुक्ति झापाबाहेक त्यो गुट पनि गुटका बाहेक कसैले पाँउदैनन्, प्रतिनिधि सभाsJ हत्या गर्छन्, तैपनि तिनैको सहयोगको अपेक्षा राख्छन् र उपरोक्तबाहेक अनेक अपराध गरिरहेका छन्, तैपनि मै हुँ भन्ने नेता र कार्यकर्ताहरू ओलीकै पछि लागिरहेका छौं- किनकि हामी यति निरीह भइसकेका छौं कि ओलीको निगाह र ओली बिना बाँच्नै सक्दैनौं।’




One thought on “मेटमणि चौधरीले भने- केपी ओलीलाई अब रेबिजको भ्याक्सिन दिनुपर्छ, हेर्नुस् उनको १८ बुँदे आरोपपत्र

  1. It’s very nice comments because this condition is same time. I proud of you metmani chandlery.

Leave a Reply to Nokhaitharu@yahoo.com Cancel reply

Your email address will not be published. Required fields are marked *