कोरोनाबाट ज्यान गुमाएका थारु पत्रकारलाई २० हजार सहयोग

थारु पत्रकार संघ नेपालले कोरोना संक्रमणबाट ज्यान गुमाएका पूर्व सदस्य हिक्मत चौधरीको परिवारलाई नगदसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ। रुपन्देही जिल्लाका पूर्वअध्यक्ष समेत रहेका तिलोत्तमा ५ मणिग्राम निवासी स्व. पत्रकार चौधरीको परिवारलाई शनिबार थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्य समितिले घरमै पुगगेर सहयोग गरेको हो।

संघले पत्रकार चौधरीकी धर्मपत्नी उदयदेवी कहार चौधरीलाई संस्थाको आकस्मिक सहयोग आर्थिक सहायता कोषबाट २० हजार नगद र केही स्वास्थ्य सामाग्री सहयोग गरेको थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहितले बताए।

सहयोग कार्यक्रममा थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहित, केन्द्रीय सचिव कमल चौधरी, आकस्मिक सहयोग आर्थिक सहायता कोषमा सहयोग गर्ने सहयोगगिदाता साहत्यिकार, उपप्राध्यायपक प्रेम चौधरी (लब्लिन क्यानभास), ख्याल बगालका अध्यक्ष तथा पत्रकार सबि थारु लगायतको उपस्थिति थियो।

थारु पत्रकार संघका रुपन्देही जिल्ला सल्लाहकार समेत रहेका स्व. पत्रकार हिक्मत चौधरी कोरोना संक्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना बिशेष अस्पतालमा जेठ ५ गते निधन भएको थियो।

स्व. हिक्मत चौधरी विभिन्न मिडियमा आबद्ध रहेर काम गरेका थिए। उनी थुप्रै समाजिक संघ संस्थामा समेत क्रियाशिल थिए। उनी नेपाल पत्रकार महासंघ रुपन्देहीको पूर्व कार्य समिति सदस्य एवं आदिवासी जनाजति पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्षसमेत भए।

स्व.चौधरीका २ छोरा, ४ छोरी र श्रीमती छन्। थारु पत्रकार संघले आफ्नो थारु पत्रकार परिवार सदस्यलाई गुमाएकोमा दुःख प्रकट गर्दै यस दुःखको समयमा थारु पत्रकारको आकस्मिक सहयोग आर्थिक सहायता कोषमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई हृदयदेखि धन्यवाद एवं हार्दिक अभार व्यक्तसमेत गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *