बारबर्दियाले बरघरलाई साइकल वितरण गर्न १२ लाख बजेट छुट्यायो

बर्दियाको बारबर्दियाको नगरपालिका नवौँ नगरसभाले रु एक अर्ब तीन करोड ४२ लाख ५२ हजार चार सयको बजेट ल्याएको छ। आन्तरिक राजस्व रु आठ करोड ५० लाख अनुमान गरिएको नगर उपप्रमुख अञ्जु दहितले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।

नगरप्रमुख दुर्गाबहादुर थारुले आर्थिक वर्ष २०७८- ०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भर्खरै सञ्चालनमा ल्याइएको आरसी थारु मेमोरियल नगर अस्पतालमा आकस्मिक सेवा पूर्ण निःशुल्क गर्नाका साथै स्वास्थ्य ऐन पारित गरेर सिकलसेल उपचार पनि गरिने बताए।

त्यस्तै बारबर्दिया नगरपालिकाले थारु बरघरहरुको लागि पनि बजेट छुट्याएको छ। बरघरहरुलाई साइकल वितरणका लागि १२ लाख बजेट छुट्याएको प्रस्तुत बजेटमा उल्लेख छ।

त्यस्तै थारु गाउँ बेलभारलाई नमूना गाउँ बनाउन ९ लाख बजेट छुट्याइएको छ। थारु मरुवा निर्माणका लागि ५ लाख बजेट छुट्याएको नगरपालिकाले गोचाली दिवस कार्यक्रमका लागि ७० हजार बजेट छुट्याइएको छ।

थारुहरुलाई राजनीतिक, सामाजिक हिसाबले उत्थान गर्न गोचाली परिवार स्थापना भएको थियो। जसले पश्चिम जिल्लाका थारु गाउँहरुमा अभियान नै चलाएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *