जाँदाजाँदै एसएसपी चौधरीको मार्मिक वक्तव्य- भगवती चौधरी हार्नु नै मेरो बढुवा रोकिनुको कारण बन्न पुग्यो

५५ वर्षे उमेरहदका कारण नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप चौधरी आज (असार १०, २०७८)बाट अवकासमा जाँदैछन्। चौधरी प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याची चौधरीले प्रहरी महानिरीक्षक (डीआईजी) बन्न कसरत गरेपनि सफल हुन सकेनन्।

अवकास पाउने अघिल्लो दिन मात्र चौधरीले पत्रकारहरुसँग कुरा गर्दै राजनीतिक आरोप लगाएर आफूलाई बढुवामा बञ्चित गरिएको गुनासो गरे। चौधरीले पत्रकारहरुसँग भने, ‘मेरो क्षमता र कार्यसम्पादन नजरअन्दाज गर्दै राजनीतिक आरोप लगाएर मलाई बढुवाबाट बञ्चित गराइयो।’

आफूलाई अन्याय भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राख्न खोज्दासमेत भेट नपाएको चौधरीले गुनासो गरे। यतिमात्र होइन एसएसपी चौधरीले आफ्नै ब्याची संगठन प्रमुख (आईजीपी)ले समेत बढुवाको विषयमा चासो नदिएको बताए।

चौधरीले भने ‘आईजीसापले समेत चासो नदिँदा मलाई दुःख लागेको छ, यसमा म आपत्ति जनाउँछु। यसले नैरश्यता तथा असुरक्षा महसुस गरेको छु ।’ आईजीपीलाई भेट्न जाँदा बालुवाटरले नाम काटेको चौधरीको आरोप छ। बढुवा समितिको अध्यक्षलाई भेट्न जाँदासमेत बालुवाटरबाट नाम काटेको हो मैले केही गर्न सक्दिन भनेर आफूलाई पठाएको चौधरीले बताए।

पत्रकार सम्मेलनमा दिलीप चौधरीले दिएको मन्तब्य

डीआइजीको प्रमोशन हुने बेला कताबाट चुनाव भयो। मेरो घर सुनसरी हो। सुनसरीको चुनाव क्षेत्रमा एमाले उम्मेदवार भगवती चौधरी खडा भएको थियो। त्यही चुनाव क्षेत्रमा विजय कुमार गच्छदार पनि खडा भएका थिए।

चुनावमा भगवती चौधरीको पराजय भयो, विजय गच्छदारको विजय भयो। म सुनसरीको मान्छे, विजय कुमार गच्छदारलाई सपोर्ट गर्‍यो भनेर अर्नगल प्रचार गरियो। चलत प्रचार र आरोप लगाएर मलाई त्यो बेला पहिलोचोटि मेरो ब्याचका १० जनामध्ये ९ जनाको डीआइजीमा प्रमोशन भयो। मलाई चाहिँ प्रमोशनबाट वञ्चित गरायो।

हालसालै जुन डीआइजीमा प्रमोशन भयो। अहिले पनि मेरो हकमा त्यही पुरानै केस जोडोर ‘यो विजय गच्छदारको मान्छे हो, एले चाहिँ नेकपा एमालेको उम्मेदवार भगवती चौधरीलाई हराउन सहयोग गर्‍यो’ भनेर बढुवा समितिमा दबाब दिएर, ‘यो मान्छे हुन्न भनेर’ ठाडो आदेश दिएर, मेरो क्षमता र मेरो कार्यसम्पादनलाई नजरअन्दाज गरेर मलाई बढुवा हुनबाट वञ्चित गरायो।




3 thoughts on “जाँदाजाँदै एसएसपी चौधरीको मार्मिक वक्तव्य- भगवती चौधरी हार्नु नै मेरो बढुवा रोकिनुको कारण बन्न पुग्यो

  1. साचिनै थारुहरु जाग्नै पर्ने भाछ।थारु भयेकै कारण ले माथिल्लो दर्जा नपौनु सामाजिक अन्याय माथी अर्को अन्याय हुनु हो।

Leave a Reply to Ashok gurung Cancel reply

Your email address will not be published. Required fields are marked *