थारुको घरमा बनाइने ‘जाँड-दारु’लाई कानुनी मान्यता दिनुपर्ने बहस सुरु

सुदूरपश्चिम प्रदेशसभा सदस्य शान्ता नेपालीले प्रदेशको कैलाली–कञ्चनपुरमा बसोबास गर्दै आएका थारु समुदायले उत्पादन गर्दै आएको घरेलु मदिरालाई वैधानिकता दिनुपर्ने माग गरेकी छन्।

सुदूरपश्चिम प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटमाथिको छलफल मंगलबार बोल्दै प्रदेशसभा सदस्य नेपालीले मदिरा वैधानिकता दिएर अर्थतन्त्र बढाउन सकिने बताइन्।

‘खानचाहिँ बन्देज छैन। बनाउन पनि बनाएकै छन्। त्यसले वैधानिकता नपाएकाले प्रदेश सरकारको अर्थतन्त्रमा असर परेको छ,’ उनले भनिन्, ‘पहाडतिरको भाङ खेतीको चर्चा धेरै भएको थियो। त्यसका लागि बजेट शिर्षकमा आउँछ कि भन्ने लागेको थियो तर, आएन। अर्थतन्त्रसँग जोडिएकाले स्थानीय रक्सीलाई बजेटमा समावेश गरिनुपर्ने आवश्यक छ।’

उनले यसअघिको बैठकमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज प्रदेश सभामा उठाएकी थिइन्। मदिरा नियम २०३३ दोस्रो संशोधन नियमावली २०७४ मा कुनै व्यक्तिले निजी उपयोगका लागि एक पटकमा ५ लिटरसम्म रक्सी र दश लिटरसम्म जाँड बनाउन पाउने उल्लेख छ। तर, यसरी रक्सी र जाँड वर्षको ६ पटक भन्दा बढी बनाउन भने पाइने छैन।

jaad_1




Leave a Reply

Your email address will not be published. Required fields are marked *