ओली पक्षीय नेतृ शान्ता चौधरीको पूर्वानुमान : सर्वोच्च अदालतले संसद विघटन सदर गर्छ

नेकपा एमाले ओली पक्षीय नेतृ एवं विघटित प्रतिनिधि सभाकी सांसद शान्ता चौधरीले सर्वोच्च अदालतको फैसलामाथि आश्चर्य प्रकट गरेकी छन्।उनले लेखेकी छन्, ‘पुस ५ मा प्रतिनिधि सभा विघटन हुँदा बनाइएका मन्त्री सदर हुनु र अहिले बनाइएकाको बदर हुनुले के संकेत गर्छ? मलाई लाग्छ त्यतिबेला सर्वोच्च अदालतलाई प्रतिनिधि सभा विघटन बदर गराउनु थियो। तर आज सदर गराउने हो भन्ने बुझिन्छ।’

उनले चुनावको घोषणा भएपछि मन्त्री थप्न नमिल्ने भन्ने वाक्यांशले पनि यही कुरा प्रष्ट पारेको उल्लेख गरेकी छन्। ‘यति गरेपछि पनि प्रतिनिधि सभाको विघटन सदर नगरी पुनःस्थापना भयो भने सर्वोच्चमाथि धेरै प्रश्न उठ्ने छ,’ उनले लेखेकी छन्। सर्वोच्च अदालतले आजदेखि प्रतिनिधि सभा विघटन मुद्दामा निरन्तर सुनुवाइ गर्ने भएको छ।

पूर्व कमलरीसमेत रहेकी शान्ता पछिल्लो समय ओली खेमामा उभिएका छन्। उनले सरकारको विरोध गर्नेहरुलाई सामाजिक सञ्जालमार्फत् कडा जवाफ फर्काउने गरेकी छन्।

पछिल्लो समय विस्तार गरिएको मन्त्रिपरिषद्‍मा शान्ता पनि मन्त्रीका लागि आकांक्षी उम्मेदवार रहेकी थिइन्। तर ओलीले उनलाई अहिल्यै मन्त्रालयको जिम्मेवारी दिन चाहेनन्। जसका कारण शान्ता ओलीसँग रुस्टसमेत भएको उनी निकट नेताहरु बताउँछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *