एसएसपी मीरा चौधरीलाई विराटनगर सरुवा, राजेन्द्र प्रसाद चौधरी अपराध नियन्त्रण शाखामा

गृहमन्त्रालयले १५ जना नेपाल प्रहरीका एसएसपीहरुको सरुवा गरेको छ। गृहमन्त्री खजराज अधिकारीले नेपाल प्रहरीका मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा, श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा र उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्जमा सरुवा गरिएको हो।

त्यस्तै जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुर, कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, हृदय थापालाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको अन्वेशण योजना र टेकबहादुर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सरुवा गरिएको छ।

राजेन्द्र प्रसाद चौधरीलाई भने १ नं प्रदेश प्रहरी कार्यालयको अपराध नियन्त्रण शाखमा सरुवा गरिएको छ। हालः उनी नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा रहेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *