कोरोना संक्रमणबाट पूर्वसांसद रबनी चौधरीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ। धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।

कलेजो र मृगौलाको समस्याले ग्रसित उनी शनिबार अस्पताल भर्ना भएकी थिइन्। आज उनको कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएका थियो। जिल्लाको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी एमालेबाट २०७० सालको संविधान सभा सदस्य थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *