चेत नारायण चौधरीको अमेरिकामा असमायिक निधन, टिएफएद्वारा सहयोगको अपिल

अमेरिकीबासी चेतनारायण चौधरीको निधन भएको छ। थारुहरुको साझा संस्था थारु एन्ड फ्रेन्ड्स एशोसियसनका आजीवन सदस्यसमेत रहेका उनको अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
नवलपरासी घर हालः अमेरिकाको सिकागोमा बस्दै आएका उनको २३ अप्रिलमा निधन भएको टिएफएले जनाएको छ।

चेत नारायणले टिएफएमा कोषाध्यक्ष भएर काम गरिसकेका छन्। त्यस्तै उनी गैर आवासीय नेपाली संघ, अमेरिकाको राष्ट्रिय समन्वय समिति, इलनोइ राज्य कमिटीको बोर्ड सदस्य भएर पनि काम गरिसकेका छन्।

उनको निधनले थारु समुदायमा ठूलो क्षति भएको टिएफएले जनाएको छ। उसले एक विज्ञप्ति जारी गर्दै चेत नारायण चौधरीको निधनप्रति श्रदाञ्जली अर्पण गरेको छ। उनी श्रीमती र एक छोरी छिन्।

उनको परिवारलाई सहयोगका लागि टिएफएले आह्वानसमेत गरेको छ। उसले गोफन्डमीमार्फत् १० हजार अमेरिकी डलर लक्ष्य राखेर सहयोग आह्वान गरेको हो। इच्छुक ब्यक्तिले यो लिङ्कमा क्लिक गरेर सहयोग गर्न सकिन्छ।




2 thoughts on “चेत नारायण चौधरीको अमेरिकामा असमायिक निधन, टिएफएद्वारा सहयोगको अपिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *