थरुहट थारुवान मोर्चाको तेस्रोचरण अन्तर्गतका सबै कार्यक्रमहरु स्थगित

थरुहट थारुवान राष्ट्रिय मोर्चाले आफ्नो तेस्रो चरणको आन्दोलनअन्तर्गत आयोजना हुने जनसभाहरु स्थगित गरेको छ। मोर्चाका प्रवक्ता मिनराज चौधरीका अनुसार नेपालमा बढ्दै गरेको कोरोना महामारी र स्थानीय प्रशासनहरुले लगाएका निषेधका कारण सभाहरु स्थगित गरिएका हुन्।

‘थरुहट थारुवान राष्ट्रिय मोर्चाको केन्द्रीय सचिवालयको बैठक मिति २०७७ चैत्र २५ गतेको निर्णयअनुसार सर्कुलर गरिएको केन्द्रीय बैठक एवंम तेस्रो चरणको संघर्षको कार्यक्रमअन्तर्गत नवलपरासी, कपिलबस्तु, दाङ-देउखुरी, बर्दिया र कन्चनपुरमा आयोजना गरिने बृहद जनदबाब तथा जनजागरण सभा भव्यरुपमा गर्नको लागि अन्तिम तयारीमा पुगिसकेका थियौं। तर दिनप्रतिदिन भयाभह रुपमा फैलिरहेको कोरोना रोगको संक्रमणको अवस्थालाई दृष्टिगत गरी सचेत र सजग रहदै हरेक नागरिकको जिउधनको सुरक्षा गर्नुका साथै रोकथाममा पहल लिनु सबैको कर्तव्य एवं जिम्मेवारी हो,’ प्रवक्ता चौधरिद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

‘यसर्थ कोभिडको संक्रमण बाट बच्न र बचाउन नेपाल सरकार गृह प्रशासनले विभिन्न जिल्लामा गरेको बन्दाबन्दी (लकडाउन), जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट सभा सम्मेलन निषेध गर्ने निर्णय समेतलाई मध्येनजर गर्दै,
यस किसिमको गम्भिर परिस्थिति र अवस्थामा सबै नागरिकको जिउधनको सुरक्षा एवं सु–स्वास्थ्यप्रति जिम्मेवार बन्दै अर्को सूचना नहुन्जेलसम्मका लागि उक्त समयमा निर्धारित बृहद जनजागरण तथा जनदबाब सभा पछि अनुकूल समयमा गर्नेगरी हाललाई स्थगित भएको व्यहोरा यसै विज्ञप्ति मार्फत सबैमा जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *