तराईका पाँच ठाउँमा हुँदैछ थरुहट थारुवान मोर्चाको विशाल जनप्रदर्शन

कञ्चनपुरको बेलौरीमा थरुहट थारुवान राष्ट्रिय मोर्चाले बृहत् आमसभा गर्ने भएको छ। वैशाख २० गते हुने भनिएको भेलामा स्थानीय तथा शीर्ष थारु नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चाका केन्द्रीय सदस्य प्रमवति रानाले जानकारी दिइन्।
उनका अनुसार कार्यक्रममा राष्ट्रिय थारु कलाकारहरुको पनि सहभागिता रहनेछ। जनसभामा अन्नु चौधरी, सोमती थारु, समीक्षा दहित, मनिराम चौधरीलगायत कलाकारहरु सहभागी हुनेछन्।
त्यस्तै राना थारुको होरी, झिँझी नाच, डंगौराको दशैया पैया, छोकरा, मघौटालगायत परम्परागत नृत्यहरु प्रस्तुत गरिनेछ।
कञ्चनपुरको गोकुल बजारस्थित खुल्ला मञ्चमा हुने कार्यक्रम दुई दिनको हुने रानाले बताइन्। उनका अनुसार पहिलो दिन आमसभा र दोस्रो दिन बन्दसत्र आयोजना गरिनेछ। थरुहट थारुवान राष्ट्रिय मोर्चाले तेस्रो चरणको आन्दोलनअन्तर्गत तराईका विभिन्न जिल्लामा आमसभा आयोजना गर्दैछ।
मोर्चाका प्रवक्ता मिनराज चौधरीले दिएको जानकारी अनुसार वैशाख १६ गते परासी बजारमा, १७ गते चन्द्रौटा बजारमा, १८ गते तुल्सिपुरमा, १९ राजापुरमा र २० गते कञ्चनपुर बेलौरीमा सभा आयोजना हुँदैछ। मोर्चाले विभिन्न माग अगाडि सार्दै आन्दोलनको सुरुवात गरेको छ। जसमा संविधान संशोधन, स्वायत्त थरुहट प्रदेश, राज्यका सबै निकायमा थारुहरुलाई छुट्टै आरक्षणको व्यवस्थालगायत छन्। यसअघि मोर्चाले कैलाली, सप्तरी र महोत्तरीमा बृहत् आमसभा आयोजना गरेको थियो।




2 thoughts on “तराईका पाँच ठाउँमा हुँदैछ थरुहट थारुवान मोर्चाको विशाल जनप्रदर्शन

  1. नेताहरु पहिचान गरेर मात्र अगाडी बढौं । सबभन्दा पहिला थाकस र मोर्चा दुबै मित्र पक्ष र शत्रु पक्ष को हो ? सांगठनिक र लिखित रुपमा स्पष्ट हुनु जरुरी छ । अन्यथा विगतमा जस्तै समग्र थारु समुदायलाई मुर्ख बनाउदै र ईमान्दार कार्यकर्तालाई बर्बाद गरेर केही छदम् भेषी तथाकथित थारु नेताहरु स्वार्थ सिद्ध गर्छन् ।

Leave a Reply to Hemraj Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *