ओराली बजारकी सम्पन्नता थारु बेपत्ता

बर्दियामा एक स्कुलले बालिका बेपत्ता भएकी छन्। मधुबन नगरपालिका २ ओराली बजारकी सम्पन्नता थारु बेपत्ता भएकी हुन्। बिहीबार बिहान ९ बजे विद्यालय हिँडेकी बालिका अहिले सम्म घर फर्केकी छैनन्।

परिवारले बालिकाको खोजी गरिदिन आग्रह गरेका छन्। बेपत्ता थारु नेपाल नमूना मावि ढोढरीमा कक्षा ७ मा अध्ययनरत थिइन्। बालिकाको खोजीकालागि प्रहरी र सरोकार वाला निकायमा आग्रह गरेको बिधालयका प्रधानाध्यापक पुर्ण चन्द्र पोख्रेलले जानकारी दिए।




Leave a Reply

Your email address will not be published.