सांसद पद खोसेर प्रचण्डले जनमतको अपमान गरे : गौरीशंकर चौधरी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले प्रचण्डले स्वार्थ नमिल्दा कम्युनिस्ट एकता फुटाएको आरोप लगाएका छन्। उनले प्रचण्डलाई स्वार्थको राजनीति छोड्न समेत भनेका छन्। ‘प्रचण्डले नै एमालेसँग पार्टी एकता गरेको उल्लेख गर्दै अहिले स्वार्थ नमिल्दा एकता फुटाएको तर्क गरे ।

नेकपा एमालेसँगको एकता जोगाउन आफूहरु मन्त्री पदमा रहेको बताउँदै सांसद पद खोस्नु जनमतको अपमान भएको तर्क गरे । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै मन्त्री चौधरीले भने,  ‘प्रचण्डजीले पार्टी एकता गर्न हुने, स्वार्थ नमिलेपछि एकता टोड्नु, त्यो उहाँहरुको कमजोरी हो, हाम्रो के गल्ति छ पद नै खोस्नुपर्ने ।’

मन्त्री चौधरीले माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता पनि नलिने अनि सरकारमा भएका मन्त्रीहरुलाई मात्रै कारबाही गर्नु विधान विपरीत रहेको तर्क गरे ।




Leave a Reply

Your email address will not be published.