सप्तरीमा थरुहट थारुवानको भब्य प्रदर्शन, अन्नुले गाइन् रेशम चौधरीको गीत

थरुहट थारुवान राष्ट्रिय मोर्चाले सप्तरीमा राष्ट्रिय भेला आयोजना गरेको छ। सप्तरीको घोघीदाहा भवानीपुरको खेलमैदानमा आयोजित जनसभामा जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोको उपस्थिति रहेको थियो। उनले टीकापुर घटना र रेशम चौधरीको रिहाइ यसपटक जसरी पनि गरिछाड्ने बताए। त्यस्तै जसापकै सांसद चन्द्रकान्त चौधरी, केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार लेखीको सहभागिता रहेको थियो।


त्यस्तै नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी, नेतृ गीता चौधरीको पनि कार्यक्रममा सहभागिता रहेको थियो। त्यस्तै मोर्चका तर्फबाट काबा संयोजक श्रवण थारु, महासचिव तुल्सी थारु, प्रवक्ता मिनराज थारु र युवा नेता सीताराम थारुको पनि उस्थिति रहेको थियो। सहभागिता सबैले थारु अधिकार प्राप्तिका लागि सबै क्षेत्रका थारुहरु एक ठाउँमा उभिनुपर्ने बताएका थिए।वक्ताहरुले टीकापुर घटनालाई राजनीतिक तवरले समाधान गर्न र रेशम चौधरीलगायतलाई रिहाइ गर्न सरकारसँग मागसमेत गरेका थिए। कार्यक्रममा गायिका अन्नु चौधरीले रेशम चौधरीले गाएको गीत प्रस्तुत गरेकी थिइन्।




Leave a Reply

Your email address will not be published.