थरुहट थारुवान मोर्चाले सप्तरीमा राष्ट्रिय भेला गर्दै

थरुहट थारुवान राष्ट्रिय मोर्चाले शनिबार सप्तरीमा राष्ट्रिय भेला आयोजना गर्दैछ। मोर्चाका काबा संयोजक श्रवण थारुका अनुसार कार्यक्रममा प्रदीप गिरी, युग पाठक, गोविन्द छन्त्याल, भास्कर गौतमलगायतको सहभागिता रहनेछ।

त्यस्तै थारु नेताहरु तेजुलाल चौधरी, राजकुमार लेखीलगायतको उपस्थिति रहने आयोजकले जनाएको छ। त्यस्तै थारु गायिका अन्नु चौधरी पनि कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ।
यसअघि मोर्चाले टीकापुर राजबन्दीको रिहाइ र थारुहरुको माग सम्बोधन गर्नुपर्ने भन्दै कैलालीको हसुलियामा कार्यक्रम आयोजना गरेको थियो। पूर्वीया थारुहरुको पनि आन्दोलनमा अपन्तव होस् भनेर सप्तरीमा कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ।
कार्यक्रम सप्तरीको घोघिदाहा भवानीपुरको खेलमैदानमा आयोजना हुँदैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *