जसपा थारु संघको सप्तरीमा विशाल कार्यक्रम, रेशम चौधरी छिट्टै रिहाइ हुने राजेन्द्र महतोको दाबी

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले कुनै शक्तिले पनि सांसद रेशम चौधरीलाई आजीवन कारागारमा राख्न नसक्ने उद्घोष गरेका छन् । सप्तरीको राजविराजमा आयोजित सभामा बोल्दै उनले सांसद चौधरी चाँडै रिहा हुने दाबी गरे।

‘पापको घैंटो भरेपछि बिद्रोह हुन्छ’, रेशम चौधरी निशर्त रिहाई तथा मधेस-थरुहट आन्दोलनका आन्दोलनकारीमाथि लगाएको झुठा मुद्दाहरु फिर्ताका लागि आयोजित कार्यक्रममा उनले भने, ‘त्यस विद्रोहमा हुने विस्फोटमा विभेदको अन्त्य हुनेछ।’

उनले अब हुने विद्रोहका लागि मधेसी र थारुलाई तयार भएर बस्न अनुरोध समेत गरे। विभेदमा परेकाहरुले आन्दोलन गर्दा राज्यले दमन गर्नु र प्रतिकारमा सुरक्षाकर्मी मारिनु सामान्य कुरा भएको महतोले बताए। उनले भने, ‘विभेदमा परेका मधेसी-थारुले आन्दोलन गर्दा राज्यलाई सैह्य भएन। राज्यले दमन गर्यो । हो, आन्दोलनमा राज्यले दमन गर्छ । कहिलेकाही सुरक्षाकर्मी पनि मर्छन् । यो त हुन्छ ।’

‘सुरक्षाकर्मी मारिएपछि आन्दोलनकारीलाई जेलमा कोच्ने तर छातीमा र टाउकोमा गोली मार्ने सुरक्षाकर्मीलाई खै कारबाही ?’ उनले प्रश्न गरे, ‘झापा विद्रोहमा अहिलेका प्रधानमन्त्री पनि सहभागी थिए र कैयौं मारिएका थिए, तर उनीहरुमाथि किन कारबाही भएन ? टिकापुरमा विभेदविरुद्ध आन्दोलन गर्नेहरु विद्रोही र झापा विद्रोह कसरी क्रान्ति ?’




Leave a Reply

Your email address will not be published. Required fields are marked *