टीकापुर राजबन्दी रिहाइ अभियानका संयोजक र प्रधानमन्त्रीबीच छलफल

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै यतिबेला सर्वत्र भइरहेको छ। केही महिनाअघि देखि अभियन्ता सुरेन्द्र चौधरीले टीकापुर राजबन्दी रिहाइ अभियानको सुरुवात नै गरेका थिए।

जसमा रेशम चौधरीको रिहाइ, टीकापुर घटनाका राजबन्दीहरुको छुट्टा मुद्दा फिर्तालगाययतका माग उनले प्रस्तुत गरेका थिए। त्यही माग लिएर अभियन्ता चौधरी आज प्रधानमन्त्रीसँग भेट गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग रेशम चौधरीको रिहाइमा विलम्ब भएको भन्दै असन्तुष्टिमसते पोखेका छन्।

उनले टीकापुर घटना राजनीतिक घटना भएको र राजनीतिक घटनामा एउटा जनप्रतिनिधिलाई जेलमा राख्न नहुने भन्दै तत्काल रिहाइ गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए।

रेशम चौधरी रिहाइको मागलाई जसपाले पनि प्रमुख मुद्दा बनाएको छ। रेशम रिहाइ नगरेसम्म कुनै पनि सरकारमा सहभागीसमेत नबन्ने जसपाले घोषणा गरेको छ।

यता सरकार आफैँले थारु कल्याणकारिणी सभासँग वार्ता गरिररहेको छ। पहिलो चरणको वार्तामा सभाका तर्फबाट १९ बुँदे माग प्रस्तुत गरिएको थियो। उक्त मुद्दा अध्ययन गरेपछिमात्रै केही कुरा भन्न सकिने भन्दै पहिलो चरणको वार्ता सकिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *