रेशम चौधरीसहित टीकापुर घटनाका ५८ जना नै निर्दोष हुन् : गंगा थारु [भिडियोसहित]

नेकपा एमालेकी सांसद गंगा सत्गौंवा थारुले रेशम चौधरी निर्दोष भएको बताएकी छन्। उनले संसदको बैठकको विशेष समयमा बोल्दै रेशम चौधरी अपराधि रहेको भ्रम फैलाइएको आरोप लगाइन्।

‘रेशम चौधरी अपराधि हो भनेर दुनियाँमा भ्रम फैलाइएको छ। तर टीकापुर घटना हुँदा त्यहाँ थिएनन्, बर्दियामा थिए। टीकापुर घटनामा उनको कुनै संलग्नता नरहेको म ठोकुवा गर्न चाहन्छु,’ उनले भनिन्।

उनले टीकापुर घटनालाई राजनीतिकरुपमा हेर्न सबैलाई आग्रहसमेत गरिन्। ‘टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा लिएर जेलबन्दी बिताइरहेका सबै थारुलाई रिहाइ गर्न माग गर्दछु,’ उनले भनिन्।

उनले सरकार थारु कल्याणकारिणी सभाबीच भइरहेको वार्ताले सार्थकता पाओस् भनी शुभकामना पनि गरिन्। ‘टीकापुर घटनामा अभियोग लगाइएका ५८ जना नै निर्दोष हुन्। सरकारले थालेको वार्ताले सार्थकता पाओस् र उनीहरुविरुद्धको झुटा मुद्दा खारेज गरियोस्,’ उनले भनिन्।
भिडियो हेर्नुस्:




One thought on “रेशम चौधरीसहित टीकापुर घटनाका ५८ जना नै निर्दोष हुन् : गंगा थारु [भिडियोसहित]

  1. छदम् भेषी तथाकथित थारु नेतृ । टिकपुर घटनामा निर्दोष थारुहरुलाई मुद्दा लगाउने नश्लीय सरकारलाई साथ र सहयोग गर्ने मध्ये एक । मुखमा रामराम बगलीमा छुरा ।

Leave a Reply to जयन्त कुमार सिंह Cancel reply

Your email address will not be published. Required fields are marked *