थाकसले बनायो पाँच सदस्यीय वार्ता टोली, आजै सरकारसँग वार्ता हुँदै

सरकारले आज थारु कल्याणकारिणी सभा (थाकस)सँग वार्ता गर्ने भएको छ। सभासँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बदलको नेतृत्वमा तीन सदस्यीय कार्यसमिति बनाएको छ। जसमा प्रधानमन्त्रीका परर्राष्ट्र सल्लाहकार राजन भट्टराई र ओलि निकट नेता भगवती चौधरी रहेका छन्।
सरकारले औपचारिकरुपमा वार्ता टोली बनाएर आउन आह्वान गरेपछि थाकसले पाँच सदस्यीय वार्ता टोली गठन बनेको छ। वार्ता टोलीमा सभाका महामन्त्री प्रेमिलाल चौधरी, थरुहट थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट रुक्मिणी चौधरी, नेपाली कांग्रेसका नेता एवं सांसद पद्मनारायण चौधरी, कैलालीका नेता प्रभात चौधरी र थारु विद्यार्थी समाजको तर्फबाट चन्द्र प्रसाद चौधरी रहेका छन्।

सभाले रेशम चौधरीको रिहाई र टीकापुर घटनाका राजबन्दीलाई रिहाइ माग गर्दै माइतीघर मण्डलामा धर्ना दिएका थिए। त्यसको केही दिनमै गृहमन्त्री थापा आफैँ धर्नामा उपस्थित भएर वार्ताका लागि आह्वान गरेका थिए।
सोही दिन सभाले १९ बुँदे मागपत्र गृहमन्त्रीलाई बुझाएका थिए।




One thought on “थाकसले बनायो पाँच सदस्यीय वार्ता टोली, आजै सरकारसँग वार्ता हुँदै

  1. सरकार पक्ष र थरुहट पक्षको वार्ता टोली हेर्दा यसपालीपनि विगतमा भएको समझौता जस्तै हुन्छ जस्तो लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *