थाकससँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा सरकारी वार्ता टोली गठन

सरकारले थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। सरकारका प्रवक्ता पार्वत गुरुङले सोमवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन्।

वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र नेकपा एमालेको केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहेका छन्। रेशम चौधरीको रिहाइलगायतका विषयमा समेत वार्ता हुने बताइएको छ।




3 thoughts on “थाकससँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा सरकारी वार्ता टोली गठन

  1. Welcome but debates should be successful bcoz we tharuwat are not CK n biplap.our demand is as nationaLlity ajenda so plz be flexibility n we are also Nepali citizen. Be think about us.we want to also live here in parell rights.

    1. अहिले सम्म थारू हरुको पक्षमा वकालत गरेको कहिले पनि नसुनिएको व्यक्ति हरुको टोलीले के रेशम चौधरी काे पक्षमा वकालत गर्ला t? शंका नै छ र के आन्दोलन कारी हरुलाई यो टोली र टोली सदस्यहरू मान्य छन् त ?

  2. सरकारको पक्षबाट होस् वा आन्दोलनकारी पक्षबाट होस् थरुहटको “थ” उच्चारण गर्न सक्ने ब्यक्ति वार्ता टोलिको सदस्य हुँदा उपयुुक्त हुन्छ । भगवती चौधरीलाई बार्ता टोलिको सदस्यमा बस्न नैतिकताले दिन्छ दिदैन उहाँले थरुहट आन्दोलनमा खेलेको भुमिकालाई मुल्यांकन गरि बार्ता टोलिको सदस्यमा बस्ने नबस्ने निर्णय लिदा राम्रो हुन्छ । बार्ता टोलि सदस्यमा जस्ले बिगत देखि आन्दोलन गरेका छन् उनीहरुको अनुहार देखा परोस् ।

Leave a Reply to Shiv prasad kathariya Cancel reply

Your email address will not be published. Required fields are marked *