यी हुन् यस वर्ष निर्मित थारु होली गीतहरु

यस वर्ष पनि विभिन्न थारु म्युजिक कम्पनीहरुले होलीको नयाँ गीतहरु सार्वजनिक गरेका छन्। आउनुस् तिनै गीतहरुबारे चर्चा गरौं।

लोकेन्द्रराज चौधरीको निर्माणमा बनेको रंग अबिर मिला मिला बोलको गीत सार्वजनिक भएको छ। सेबिल इन्टरटेन्मेन्टले सार्वजनिक गरेको गीतमा गणेश चौधरी र अन्नु चौधरीको स्वर रहेको छ। गीतमा गणेश चौधरीकै स्वर रहेको छ भने संगीत पनि उनकै रहेको छ। भिडियोमा भने रजनिश चौधरी र एन्डिसा चौधरीले अभिनय गरेका छन्। श्रवण चौधरीले खिचेको भिडियोलाई रजनिशले नै निर्देशन गरेका हुन्।

त्यस्तै बीएस मेकरले पनि नयाँ थारु होली गीत सार्वजनिक गरेको छ। लाल गुलाल बोलको गीतमा अन्नु, श्रीनिवास, रामदेव, सोनु र समीक्षा चौधरीको स्वर रहेको छ। सावनको शब्द र कम्पोज रहेको गीतलाई सागर चौधरीले निर्माण गरेका हुन्।
बिकास गुरुङले खिचेको भिडियोलाई पनि सावनले नै निर्देशन गरेका हुन्। भिडियोमा राजीव, श्रीजना, सागर, बर्सा, धिरज र रचना चौधरीले अभिनय गरेका छन्।

त्यस्तै थारु प्रोडक्सन हाउसले भौजी हो बोलको गीत सार्वजनिक गरेको छ। मनमती बखरिया र खेम चौधरीको स्वर रहेको गीतमा मनमती बखरियाको शब्द संगीत रहेको छ। हीरा चौधरीले निर्देशन गरेको भिडियोमा वीर, समु, निक्का बोस, रन्जिता बखरिया, सनी र डटकम चौधरीले अभिनय गरेका छन्।

त्यस्तै मेगा डिजिटल रेकर्डिङ स्टुडियोले लाल हरियर कलेजी बोलको गीत सार्वजनिक गरेको छ। गीतमा देवकृष्ण विश्वास, प्रकाश माझी, सुनिल चौधरी, निकिता थारु, बसन्ती चौधरी र प्रतिका चौधरीको स्वर रहेको छ। राज संघर्षको शब्द रहेको गीतमा देवकृष्ण विश्वा सको कम्पोज रहेको छ। भिडियोमा वीर, दीपिका, विनोद, सुनिता, विमल, सनम चौधरीलगायतले अभिनय गरेका छन्।

त्यस्तै आरकेसी डिजिटलले नयाँ होली गीत सार्वजनिक गरेको छ। गीतमा राज कुश्मी र अन्जु् कुश्मीको स्वर रहेको छ। गीतको शब्द राज कुश्मीले संकलन गरेका हुन्। गीतको भिडियोमा विवश र निरुता क्षेत्रीको अभिनय रहेको छ। रामु चौधरीले छायाँकन गरेको भिडियोलाई विवशले नै निर्देशन गरेका हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *