प्रधानमन्त्रीको प्रतिनिधि बनेर जब गृहमन्त्री थापा थाकसको धर्नामा पुगे…

गृहमन्‍त्री रामबहादुर थापा रेशम चौधरीको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी भएका छन्। टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशमको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा गृहमन्त्री थापा पनि सहभागी भएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए।

उनका अनुसार थारु कल्याणकारीणी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी भएका थापाले सडकमा बसेर सम्बोधन गरेका थिए। आन्दोलनकारीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले आन्दोलनकारीका समस्या र माग बारेमा सरकारको ध्यान गएको बताए। उनले माग सम्‍बोधनका लागि सरकारले वार्ता टोली बनाउने समेत आश्‍वासन दिए।

सडकमा थुचुक्क बसेर एक हातले माइक समातेर गृहमन्त्री थापाले भने- तपाईंहरूले १९ बुँदे माग राख्नुभएको छ। यी मागप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। सरकारको यसमा पक्कै ध्यान गएकै छ। प्रधानमन्त्रीका तर्फबाट म अहिले यहाँ उपस्थित छु। छिटोभन्दा छिटो यो समस्या हल गर्ने पक्षमा सरकार छ।

उनले चौधरीलाई छाड्नेबारे सरकार सकरात्मक रहेको र थप कुरा वार्ता समिति बनाएर छलफल गर्ने पनि बताए। चौधरीमाथि २०७२ भदौ ७ मा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या आरोपमा अदालतले दोषी ठहर गरेको थियो। उनी जेलमा छन्।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *