राष्ट्रपतिसँग रेशम चौधरीको रिहाइ माग, दिइन् यस्तो आश्वासन

राष्ट्रपति विद्या देवी भण्डारीले रेशम चौधरीलगायत टीकापुर राजबन्दीहरुलाई रिहाइका लागि सम्बन्धित निकायहरुसँग समन्वय गर्ने बताएकी छन्। गत विहीबार थारु कल्याणकारिणी सभाको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताएकी हुन्।

‘ज्ञापन पत्र बुझाउन आउनुभएका यहाँ सबै जनालाई स्वागत गर्न चाहन्छु। मैले पनि यस विषयमा सुनेको छु। यस विषयमा सम्बन्धित निकायसँग समन्वय गर्न पहल गर्नेछु,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै सभाका महामन्त्री प्रेमीलाल चौधरीले भने।

उनका अनुसार थारुका माग मुद्दा र टीकापुर घटनाका जेलबन्दीहरुलाई रिहाइ गर्न राष्ट्रपतिलाई ध्यानाकर्षण पत्र बुझाइएको हो।

ज्ञापन पत्र बुझाउन सभाका महामन्त्री प्रेमीलाल चौधरी, रुक्मिणी चौधरी, सभाको उपत्यका समितिका सभापति सत्‍यनारायण चौधरी, सांसद पद्मनारायण चौधरी, एमाले नेता भगवती चौधरी, थारु महिला समाजका अध्यक्ष गीता चौधरी, थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीलगायत थिए।

सभाले माइतीघर मण्डलामा आइतबारदेखि नियमित धर्ना पनि सुरु गरेको छ। ‘प्रधानमन्त्रीजी तपाइँ कता? हामी यता’ भन्दै थारु अगुवाहरु माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन्।

महामन्त्री चौधरीका अनुसार सरकारले रेशम चौधरीलाई रिहाइ नगरेसम्म धर्ना नियमित एक घन्टा आयोजना हुनेछ। सभाले हरेक दिन दिउँसो १ बजेदेखि २ बजेसम्म धर्ना आयोजना गर्दै आएको छ।




5 thoughts on “राष्ट्रपतिसँग रेशम चौधरीको रिहाइ माग, दिइन् यस्तो आश्वासन

  1. अहिलेसम्म राष्ट्रपतिले टीकापुर र रेशमको कुरा सुनेको मात्र तर खस कुरा केहो सुनेको छैनन् यो ज्ञापनपत्र पनि पहिलो होकि क्या हो
    टीकापुर राजबन्दी छिटो रिहाइ हुन

  2. आत्मनिर्णयको अधारसहित पहिचान सहितको सँधियताको अनुसार थारुवान प्रदेशको माँग राख्आदै न्दोलनमा बिना प्रमाण, बिना चस्मदित् गवाह झुठ्ठा मुद्दामा फँसाइएका बन्दीहरुलाई तु. रिहा गर्नुपर्छ

  3. अबोध बालक लगायत शुरक्षा कर्मी लाई योजनाबद्ध तरीका ले निर्मम हत्या गराउने रेशम चौधारी निर्दोष हो भने दोषी को हो त ? हाम्रा देश का नेता लाई के भय को हो आफ्नो सत्ता जोगाउन जे पनी गर्न तयार हुने ।

Leave a Reply to लाल बहादुर चौधरी Cancel reply

Your email address will not be published. Required fields are marked *