थारु कल्याणकारिणी सभाको उपत्यका सभापतिमाथि कुटपिट

थारु कल्याणकारिणी सभा उपत्यका समितिका सभापति सत्यनारायण चौधरीमाथि कुटपिट भएको छ। जग्गाको विषयलाई लिएर उनीमाथि महालक्ष्मी नगरपालिका वडँ ५ मा कुटपिट भएको पीडित चौधरीले बताए।

उनीसँगै श्याम कुमार चौधरीमाथि पनि कुटपिट भएको हो। आफ्नो जग्गामा पर्खाल लगाएका उनलाई त्यही पर्खालको निहु बनाएर कुटपिट गरेको प्रहरीले जनाएको छ।

‘आफ्नो जग्गामा पर्खाल बनाउनुभएको रहेछ। बाटोमा किन पर्खाल बनाएको भन्दै कुटपिट भएको रहेछ। हामी अनुसन्धानमा गर्दैछौं,’ महानगरीय प्रहरी वृत्त सातदोबाटोले जानकारी दिएको छ।

पीडित चौधरीले आफ्नो जग्गमा नापी गरेर पर्खाल बनाएको तर स्थानीयले बाटोको जग्गा भन्दै उल्टै पर्खाल पनि भत्काइदिएको र कुटपिटसमेत गरेको बताए।

उनले समस्या समाधान गरिदिन सम्बन्धित निकायसँग आह्वानसमेत गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *