रेशम चौधरी छुटाउने जसपा र सरकारी कार्यदल कहाँ हरायो?

जसपाले संविधान संशोधन, निलम्बित सांसद रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक र मधेस र थरुहट आन्दोलनका झुटा मुद्दाहरु फिर्तालगायत माग अघि सारेर सरकारसँग वार्ता गर्न कार्यदल बनाएको थियो। सरकार तर्फबाट पनि कार्यदल भनेको थियो। तर केही दिनअघि निरन्तर छलफल गरेपनि पछिल्लो समयमा कार्यदलको कुनै बैठक हुन सकेको छैन। जसपाका तर्फबाट कार्यदलका रहेका लक्ष्मणलाल कर्णले सरकारले केही दिनको समय मागेको बताए।

‘मधेस र थरुहट आन्दोलनमा कति मुद्दाहरु छन् भनेर कलेक्सन गर्न उहाँहरु (सरकारी कार्यदल)ले समय माग्नु भएको छ। उहाँहरुले कलेक्सन गरेपछि सायद बैठक बस्छ,’ उनले भने।

यसबीचमा नेकपा एमालेसँगमात्र नभएर कांग्रेस र माओवादी केन्द्रसँग पनि जसपा निरन्तर बैठक गरिरहेको छ। सो बैठकले किन कुनै निर्णयमा पुग्न सकेको छैन? कर्ण भन्छन्, ‘हामी सरकारमा जानलाई होइन, माग मुद्दामा केन्द्रीत छौं। पहिले हामीले अघि सारेका मागको सुनुवाइ हुनपर्‍यो।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *