थारुहरुको थर सूचीकरणको पहिलो ड्राफ्ट सार्वजनिक, कतै तपाइँको थर त छुटेन?

थारु आयोगले थारुहरुको थर सूचीकरणसम्बन्धी अन्तुर्क्रिया गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा डा. कृष्णराज सर्वहारीको नेतृत्वमा संकलन गरिएका थारुहरुको थरबारे बृहत् छलफल गरिएको हो।
सातवटै प्रदेशमा खटिएका अनुसन्धानकर्ताहरुले थारुहरुको थर, उपथर र थर बन्नुका मिथक प्रस्तुत गरेका थिए। आयोगले छलफलका लागि प्रस्ताव गरिएको कार्यपत्रअनुसार कैलालीमा ३५७, कञ्चनपुरमा २२९, सुर्खेतमा ५३, बर्दियामा ३७९, बाँकेमा १३६, दाङमा १४३, कपिलवस्तुमा १६, रुपन्देहीमा १७ र नवलपरासी पश्चिममा २१ वटा थर समावेश गरिएको छ।
त्यस्तै नवलपरासी पूर्वमा २२, चितवनमा २३, मकवानपुरमा ६, पर्सामा २१, बारामा २३, रौतहटमा १५, सर्लाहीमा ९, महोत्तरीमा १२, धनुषामा ३, सिरहामा ६६, सप्तरीमा १४५, उदयपुरमा ४४, सुनसरीमा ७७, मोरङमा ५१ र झापामा ५५ थर खोज गरिएको डा. सर्वहारीद्वारा प्रस्तुत गरिएको कार्यपत्रमा उल्लेख छ।
यी थरहरुमा कतिपय दोहोरिएको र कतिपय समावेश नभएको पनि हुनसक्ने सर्वहारीले बताए। ‘हाललाई यी उल्लेखित संख्यामा सूचीकरण देखिएको हो। यसमा कतिपय थरहरु दोहोरिएका हुनसक्छन् वा कतिपय छुटेका पनि हुनसक्छन्। थारु आयोगले सूचीकरणको सुरुवात गरेको छ। अगामी दिनमा छुटफुट थरहरु पक्कै समावेश हुँदै जानेछन्,’ कार्य पत्र प्रस्तुत गर्दै उनले भने।
त्रिभुवन विश्वविद्यालयका मानवशास्त्र विभागका प्रोफेसर डा डम्बर चेम्जोङको नेतृत्वमा तयार पारिएको हो। जसको लिड अनुसन्धानकर्ता डा. सर्वहारी रहेका छन्। त्यस्तै रामसागर चौधरी, राकेश चौधरी, सीएन थारु, हरिमाया थनेत, एकराज चौधरी, छबिलाल कोपिला र सुस्मा राई अनुसन्धानकर्ताका रुपमा रहेका छन्।

यी हुन् प्रस्तावित थारुका थरहरु : सची हेर्नुस्




5 thoughts on “थारुहरुको थर सूचीकरणको पहिलो ड्राफ्ट सार्वजनिक, कतै तपाइँको थर त छुटेन?

  1. थारु थर अन्तरगत सिद्ध जोगेठवा थर छुटेको हुदा यस थरलाइ कायम गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ । सिद्ध जोगेठवा थर परिवार kailali

  2. वास्तविक दर्शन शास्त्रअनुसार हाम्रो थर भितरबगरिया छुट्यो की ?

  3. जमधरिया जाेगी कैलाली बाट छुटे जस्तो लाग्याे

Leave a Reply to MR- Productions Cancel reply

Your email address will not be published. Required fields are marked *