रेशम चौधरी छुटाउन सरकारले बनायो वार्ता टोली, पहिलो वार्ता सकारात्मक

सांसद रेशम चौधरीसहित टीकापुर राजबन्दी रिहाइका लागि सरकारले वार्ता टोली गठन गरेको छ। त्यसका लागि जनता समाजवादी पार्टीले पनि टोली गठन गरेको छ। जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ सुक्ल रहेका छन्।

त्यस्तै सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराई छन्। वार्ता टोलीबीच मंगलबार छलफलसमेत भएको छ।

जसपा नेता लक्षमणलाल कर्णले चौधरीको रिहाइको विषयमा छलफल गर्न आफूहरु बालुवाटार पुगेको बताए। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले हामी सरकारको तर्फबाट वार्ता गर्छौं आउनुस् भनेपछि आफूहर वार्ता गर्न गएको उनले बताए।

‘प्रधानमन्त्री ओलीका सल्लाहकार र नेताहरूले आफूहरू प्रधानमन्त्रीका प्रतिनिधि हौं । वार्ता गर्न आउनुस् भनेपछि गएका हौं । रेशम चौधरी लगायतका आन्दोलनका क्रममा जेलमा परेका नेता कार्यकर्ता रिहाइका लागि भनेर छलफल भएको हो। सांसद रिहाइबारे उहाँहरूको जवाफ सकारात्मक छ,’ कर्णले भने।

उनले सत्ता सहकार्यबारे छलफल गर्न जसपामा कुनै कार्यदल गठन नभएको पनि बताए। ‘सांसद रेशम चौधरीलाई छोडिदिनुस् भनेर सरकारको नेतृत्व गरिरहेको दलसँग वार्ता भएको हो। छलफलमा म र सर्वेन्द्रनाथ शुक्ल तथा नेकपा एमालेकातर्फबाट सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका सल्लाहकारहरू राजन भट्टराई र विष्णु रिमाल हुनुहुन्थ्यो,’ उनले प्रस्ट्याए।




One thought on “रेशम चौधरी छुटाउन सरकारले बनायो वार्ता टोली, पहिलो वार्ता सकारात्मक

  1. न्यायप्रेमी जनताकोलागि खुशीको खबर ! तर आफुलाई थारुका नेता भन्ने तथाकथित थारु नेताहरुकोलागि अत्यन्त दुखद् खबर, जस्ले आाजसम्म माननीय रेशमलाल चौधरीलाई जेल बस्न बाध्य बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *