एमाले-माओवादी छुट्टिने निर्णय, माधव नेपाल एमालेमै फर्किने, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने

सर्वोच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड-माधव पक्षले अन्ततः एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय गरेका छन् ।

आज पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र व्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको बरिष्ठ नेता झलनाथ खनालले बताए ।

यो निर्णयसहित आजको प्रचण्ड माधव पक्षको बैठक बिदाइ बैठकमा परिणत भएको छ । सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *