प्रचण्ड-माधव समूहले शान्ता चौधरीलाई सचेतकबाट हटायो, शान्ताले दिइन् यस्तो चुनौति

नेकपा प्रचण्ड-माधव समूहले शान्ता चौधरीसहित ७ जना नेतालाई कारबाही गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समूहमा सक्रिय रहेको भन्दै चौधरीसहित नेताहरु महेश बस्नेत, विशाल भट्टराई, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए।
त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णयसमेत भएको उनले बताए। उनीहरुले पार्टी हितविपरीत गतिविधि गरेकाले कारबाही गरेको प्रचण्ड-माधव समूहको भनाइ छ।
प्रचण्ड-माधव समूहले कारबाही गरेपछि शान्ता चौधरीले पाहुना आएकाहरूले आफूलाई घरबाट जा भन्न नसक्ने बताएकी छन्। ‘हामी हाम्रो घारमा शानदार रूपमा बस्छौं। घरलाई सुन्दर बनाउँछौं। पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन्,’ शान्ताले फेसबुकमा लेखेकी छन्।
Facebook Comment