संसद पुनर्स्थापनाले केपी ‌ओलीको असंवैधानिक कदम सच्चिएको छ : डा. गोपाल दहित

नेपाली कांग्रेसका नेता डा. गोपाल दहितले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयलाई स्वागत गरेका छन्। थारुवानसँग कुरा गर्दै उनले संविधान ट्र्याकमा आएको बताए।
‘असंवैधानिक तरिकाले जुन प्रतिनिधि सभाको विघटन गरेको थियो। पुनर्स्थापनाले केपी ‌ओलीको असंवैधानिक कदम सच्चिएको छ,’ उनले भने। कांग्रेस सरकारमा जान्छ त भन्ने प्रश्नमा डा. दहितले प्रचण्ड-माधव समूहले सरकार गठनका लागि कस्तो सोँच बनाउँछन्, त्यसमै भर पर्ने बताए।

‘कांग्रेस सरकारमा जान्छ जाँदैन भन्दा पनि सरकार गठन हुने बेला कस्तो खालको सोँच लिएर गठन गरिन्छ त्यसमा भर पर्छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *