पिपुल्स च्वाइस अवार्डको मनोनयन सरस्वती चौधरी, यसरी गर्नुस् भोट

धनगढीमा अर्को महिना आयोजना हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डअन्तर्गत बिवाइसी पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ।

पिपुल्स च्वाइस अवार्डको मनोनयनमा भलिबलकी सरस्वती चौधरी, पौडीकी गौरिका सिंह र क्रिकेटकी अन्जली चन्द परेका छन्। गत वर्ष गरेको प्रदर्शन र लोकप्रियताको आधारमा खेलाडीको मनोनयन गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले जनाएको छ।

दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी, लाइफटाइम अचिभमेन्ट अवार्ड विधा प्रायोजक सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र स्पेशल अवार्ड विधा प्रायोजक न्यु सिटी पोली क्लिनिकका सञ्चालक भरत कुँवरले बुधबार मनोनयन सार्वजनिक गरे।

पिपुल्स च्वाइस अवार्डको विजेताको घोषणा एसएमएस भोटिङ, फेसबुक लाइक तथा खेलकुद पत्रकार र प्रशिक्षकको मतको आधारमा गरिने बताइएको छ।




5 thoughts on “पिपुल्स च्वाइस अवार्डको मनोनयन सरस्वती चौधरी, यसरी गर्नुस् भोट

Leave a Reply to Hira lal chaudhari Cancel reply

Your email address will not be published. Required fields are marked *