प्रेमिका सञ्चिता चौधरीको हत्या आशंकामा कार्यवाहक वडाध्यक्ष निरज चौधरी पक्राउ

कैलालीमा प्रेमिकाको हत्या गरेको आशंकामा कार्यवाहक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको गौरीगंगा नगरपालिका-३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीलाई प्रेमिका सञ्जिता चौधरीको हत्यामा संलग्न भएको आशंकामा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको बताए। सञ्जिता चौधरी आइतबार बिहान कार्यवाहक वडाध्यक्षकै कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेकी थिइन्।

मृतकका दाजु रमेश चौधरीका अनुसार विगत १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी सञ्जितालाई झुक्याएर उनले हालै अर्को विवाह गरेका थिए। चौधरी पासो लगाएको अवस्थामा भेटिएपनि खुट्टा भुईमा टेकिएको र बाहिरबाट ताल्चा लगाएका कारण हत्या भएको आशंका गरिएको छ। मृतक चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।




One thought on “प्रेमिका सञ्चिता चौधरीको हत्या आशंकामा कार्यवाहक वडाध्यक्ष निरज चौधरी पक्राउ

  1. समाचार हावा तालमा नलेखौ सर !
    केटि २२ बर्षको भयो केटा २४ १० बर्षको मायाजाल कसरी?
    केटाको घरमा पुर्याउने केटीकै माइती बिबाह नहुदै पुर्याउनु कत्तिको बुद्धिमानि केटाले आर्की ल्याको छ भन्ने था हुँदा किन कोच्न जाने अनि आफ्नो सन्तानलाई किन रोकछेक नहुने यस्तो अवस्थामा। ताल्चा गेट मा हो घरमा होईन केटा बिहान नहुदै घर छोडेको हो घटना ६-७ बजे बिहान भएको जबकी आत्महत्या गर्नुअघि केटीले आफ्नो भाउजुलाई कल गरेकी थिईन😭 !

Leave a Reply

Your email address will not be published. Required fields are marked *