भाइरल बनेको घोङीको तस्बिरबारे खुल्यो तथ्य

मंगलबार बिहान एकाएक एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो। सशस्त्र प्रहरीले तराईका आदिवासी थारुलगायतले खाने घोङी बोराबाट खन्याइरहेको देखिन्छ।

उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि थारुहरुले त्यसको खुलेरै विरोध गरे। सिदयौंदेखि खाँदै आएको खोङीसमेतलाई प्रहरीले नियन्त्रणमा लिनु, जफत गर्नु गैरकानुनी भएको भन्दै थारुहरुले विरोध गरे।

तर घोङी समातिएको उक्त तस्बिरबारे कहीँ कतै विस्तृत समाचार छापिएन। नेपाल सशस्त्र प्रहरी बलको मुख्यालयमा यसबारे प्रश्न गर्दासमेत उनीहरुले अनविज्ञता प्रकट गरे। बरु उल्टै उक्त तस्बिर पठाइदिन सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालले हामीलाई अनुरोध गरे। हामीले उहाँको मोबाइलमा उक्त भाइरल तस्बिर पठायौं। तर मंगलबार साँझसम्म पनि त्यसबारे कुनै जानकारी दिइएन।

बुधबार बिहान भने उक्त तस्बिरबारे तथ्य खुल्यो। खासमा उक्त तस्बिर विराटनगरको नेपाल भारत सीमाबाट नियन्त्रण लिइएको हो। कोरोना महामारीलाई मध्यनजर गर्दै यतिबेला भारतबाट त्यस्ता सामान ल्याउन प्रतिबन्ध रहेको भन्दै सशस्त्र प्रहरी बलले त्यसलाई नियन्त्रणमा लिएको प्रवक्ता अर्यालले बताए।

‘हामीलाई थाहा छ, यहाँका थारुहरुलगायत अन्य जातिले पनि घोङीको परिकार खानुहुन्छ। तर कोरोना महामारीका नयाँ प्रजातिहरु देखिरहेका बेला सरकारले नै अन्यत्रबाट आउने यस्ता चिजहरुमा प्रतिबन्ध लगाएको छ,’ उनले भने। उनले घोङीलाई नियन्त्रणमा लिने मनसाय आफूहरुको नरहेको समेत स्पष्ट पारे।

उनका अनुसार तीन सय केजी घोङी बरामद गरिएको थियो। घोङी ल्याउनेहरुलाई क्वारेन्टाइनमा बस्नसमेत आग्रह गरिएको पवक्ता अर्यालले जानकारी दिए।




4 thoughts on “भाइरल बनेको घोङीको तस्बिरबारे खुल्यो तथ्य

  1. Garib janta ko Dukh kasaile na bujhne, Pokhri ko pani kati chiso hunxa tyo thorai thaha hunxa Police haru laai,Police harulaai Free ma Ghonghi Khanu mann thiyo, Aru kunai karan hoina 😠😠

Leave a Reply to Rakesh Cancel reply

Your email address will not be published. Required fields are marked *