कैलाली पुगेका प्रधानमन्त्री ओलीले टीकापुर घटनाका पीडित थारुहरुबारे केही बोल्लान्?

प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन्। संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन्। नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुनेछ। त्यहाँ ५० हजार कार्यकर्ता उतार्ने दाबी गरिएको छ।

जनसभाको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षा व्यवस्था पनि चुस्त रहेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए। जनसभाको तयारीका लागि मन्त्रीहरु लेखराज भट्ट, प्रेम आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरीसहित अन्य नेताहरु पनि केही दिनदेखि धनगढीमै केन्द्रित भएका छन्।

गत ७ भदौ २०७२ मा थरुहट आन्दोलनका क्रममा टीकापुर घटना घटेको थियो। उक्त घटनमा आरोपित भनिएकाहरु आज पनि भाग्दै हिँडेका छन् भने केही कैद सजाय काटेर निस्किएका छन्। हालै उच्च अदालत दिपायलले १० जनालाई जन्मकैदको फैसला सुनाएको थियो।

जसमा टीकापुर १ बाट निर्वाचित सांसद रेशम चौधरीसमेत रहेका छन्। उनी हालः डिल्लीबजारस्थित कारागारमा रहेका छन्। प्रधानमन्त्री ओलीले कैलाली पुगेर टीकापुरका पीडित थारुहरुको सम्बन्धमा केही बोल्लान्? धेरैले यही प्रश्नलाई चासोको रुपमा लिएका छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *