रेशम चौधरीलगायत ‘टीकापुर जनविद्रोह’का राजबन्दीहरुको रिहाइका लागि अपिल

सुरेन्द्र चौधरी/संयोजक

आदरणीयदाजुभाई तथादिदीबैनीहरु !
वि.स. २०७२ साल भाद्र ७ गते कैलाली जिल्लाको टीकापुरमा भएको जनविद्रोहबारे यहाँहरु जानकार नै हुनुहुन्छ । देश संघीयकरणको प्रक्रिया रहेको, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुन लागेको वेलामा त्यस क्षेत्रमा के कस्तो प्रदेश रचना गर्नु उपयुक्त हुन्छ हो भन्ने राष्ट्रिय बहसको सन्दर्भमा उपरोक्त घटना भएको थियो ।

यहाँहरु सबैलाई स्मरण हुनपर्दछ– त्यो दिनको टीकापुर जनप्रदर्शन र सभामा ३० हज्जार बढी स्थानीय जनसमुदायले भाग लिएका थिए । उनीहरु उत्तर–दक्षिण ‘सुदुरपश्चिम’को साटो पूर्वपश्चिम सीमांकनमा आधारित ‘थरुहट’ प्रदेशको माग गरेका थिए ।

लोकतान्त्रिक राज्यमा सबैलाई आफ्ना धारणा, विचार र माग राख्ने अधिकार हुन्छ । त्यस दिन टीकापुर प्रदर्शन र जनसभामा सामेल जनतालाई पनिआफ्ना विचार, धारणा माग राख्ने अधिकार थियो । लोकतन्त्रमा धारणाहरु मिल्न, नमिल्न सक्दछन् तर धारणाहरु राख्ने अधिकारबाट कसैलाई वञ्चित गर्न, दमन गर्न पाइँदैन ।

देश करिब ७० बर्ष लामो जनसंघर्ष, आन्दोलन र क्रान्तिको प्रक्रियाबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ मा रुपान्तरण भइरहेको विशिष्ट कालखण्डमा त्यहाँका जनताले आफ्नो विचार, धारणा र माग राखेर अन्दोलन गर्नु कुनै अन्यथा नभएर लोकतन्त्रको सुन्दर अभ्यास थिए । टीकापुरमा मात्र हैन, देशभरि नै यस्ता जनसंघर्ष, विद्रोह र क्रान्तिकारी घटना भएका थिए । थारु समुदायको उल्लेखनीय सहभागिता रहँदा रहँदै पनित्यो प्रदेश रचनाबारे फरक धारणा राख्ने सबै समुदायको साझाआन्दोलनथियो ।

टिकापुर जनविद्रोहको पृष्ठभूमिमा माओवादी जनयुद्ध र मधेश जनविद्रोहले निर्माण गरेको मनोविज्ञान समेत जोडिएको थियो । माओवादी शसस्त्र जनयुद्धले भिन्नै ‘थरुहट प्रदेश’को सपना देखाएको थियो । यो सपनाका लागि यस क्षेत्रका थारु लगायतका विभिन्न समुदायका युवायुवतीहरुले जनयुद्धमा ठूलो योगदान र बलिदान गरेका थिए । थारु र मधेश जनविद्रोहमा यस क्षेत्रको उत्तिकै ठूलो सहभागिता थियो । माओवादी जनयुद्ध र मधेश जनविद्रोहलाई राज्यले शान्तिप्रक्रिया र संविधान संशोधनमार्फत् राजनीतिकक्रान्तिको मान्यतादिएको परिप्रेक्ष्यमा टिकापुर जनविद्राहलाई मात्र त्यसबाट अलग गरेर फरक ढंगले हेर्न मिल्दैन । यस्तो दोहोरो मापदंड सर्वथा अन्यायपूर्ण हुन्छ ।

संघीय शासन प्रणाली भएको देशमा प्रदेश रचना र सीमांकनको सवाल संसारभरि नै राजनीतिक सवाल मानिन्छ । भारतमा झारखण्ड, तेलंगना, गोर्खालैण्डजस्ता आन्दोलनमा हज्जारौंले ज्यान गुमाएका छन । तिनै बलिदानको जगमा झारखण्ड, तेलंगनाबने, गोर्खालैण्ड अझै बन्न सकेको छैन । पटकपटकको गोर्खालैण्ड आन्दोलनमा जीवन गुमाउँनेहरुको संख्या १२ सयभन्दा धेरै भइसकेको छ । टिकापुर जनविद्रोहलाई बुझ्न सन्दर्भमा यी अन्तर्राष्ट्रिय अनुभवलाई समेत हामीले बुझ्न आवश्यक हुन्छ ।

टिकापुर जनविद्रोहको क्रममा एक बालकसहित ७ जनाको निधनहुनु निश्नय नै दुखद र दुर्भाग्यपूर्ण थियो । तर त्यो न आयोजकहरुको तर्फबाट प्रयोजत घटना थियो न जनप्रदर्शन र सभामा सामेल जनसमुदायको उद्धेश्यअनुरुप नै थियो । त्यो केही तत्वहरुले अबान्छित तबरले आन्दोलनलाई बदनामगर्न, राजनीतिक मुद्धालाई अपराधिक करार गर्न गरेको षडयन्त्रमात्र थियो ।

दुर्भाग्यको कुरा राज्यआफै यो षडयन्त्रमा सामेल भयो । घटनाको अन्तर्यको जानुको साटो त्यति ठूलो आम जनविद्रोहलाई एक अपराधिक घटनाका रुपमा चित्रण गर्ने र मानिसलाई फसाउँने कामगरियो । टिकापुर जनविद्रोहबारे जनसमुदायको राजनीतिक धारणा के कस्तो थियो त्यो त्यसपछिको आमनिर्वाचनको परिणामबाट पनि प्रष्ट हुन्छ ।

टिकापुर जनविद्रोहमा दूर्भाग्यवंश भएको हिंसात्मक घटनाका लागि षडयन्त्रपूर्वक फसाइएका रेशम चौधरीले बारेस मार्फत् २०७४ सालको आमचुनावमा सहभागिता जनाउनु भयो । उहाँले कैलाली–१ बाट ३४३४१ भोट ल्याएर आफ्ना निकटतम् प्रतिद्वन्द्वीलाई २१ हज्जार बढी भोटको मार्जिनले पराजितगर्नु भएको थियो ।

यदि त्यो ‘सामान्यअपराध’थियो भने जनताले रेशमलाई किनभोट दिए? त्यो पनित्यति फराकिलो अन्तर सहित? त्यो निर्वाचन क्षेत्रको जनसंख्यायिकबनौट हेर्दा सबै समुदायको समर्थन विनात्यस्तो निर्वाचन परिणाम आउँन सक्दैन । लोकतन्त्रमा निर्वाचनलाई जनअभिमत व्यक्तहुने वैधानिक प्रक्रिया मानिन्छ । टिकापुर जनविद्रोह वैधानिक निर्वाचनको लोकतान्त्रिक प्रक्रियाद्धारा समेत अनुमोदित छ ।

यसकाबाबजुदमानवीय रेशमचौधरी अझै जेलमा हुनुहुन्छ । माननीयचौधरीसंगै टिकापुर जनविद्रोहकाअन्यथुप्रै निर्दोष व्यक्तिव्यक्तित्वलाई राज्यले फसाएको छ । राजनीतिक संघर्षको अन्तर्राष्ट्रिय मापदंड, मानब अधिकारका विश्वव्यापी मूल्यमान्यता र जनविद्रोहको सार्वभौम अधिकारको दृष्टिकोणबाट हेर्दा रेशम चौधरी लगायतका निर्दोष व्यक्तिहरु निसन्देह ‘आस्थाका राजबन्दी’हरु हुन ।

राजनीतिक मुद्धाको समाधान राजनीतिक तबरले गर्ने देशको प्रचलित परम्परा र मान्यताको साटो टिकापुर जनविद्रोहलाई सामान्यन्यायिक प्रक्रियाबाट निरुपण गर्ने जुनप्रयास भएको छ, त्यो स्वीकार्य हुन सक्दैन । आफैँ ठूल्ठूला क्रान्ति, संघर्ष र जिनविद्रोहको प्रक्रियाबाट सत्तामा आएका अहिलेका शासकहरुले यति सरल यथार्थलाई बुझ्न नचाहनु र दोहोरा मापदंडको अभ्यास गर्नु किमार्थ उचित हैन । दुखको कुरा अहिले सामान्यन्यायिक प्रक्रियाबाट रेशम चौधरीलगायतका राजबन्दीहरुलाई जन्मकैदको फैसला सुनाउँने काम गरिएको छ ।

यस सन्दर्भमानिर्दोष राजबन्दीहरुको न्यायका लागिआवाज बुलन्द गर्नु तपाई हामी सबैको कर्तव्य हो । टिकापुरको जनविद्रोह केबल टिकापुरको विद्रो हैन, यो सबै शोषित, उत्पीडित वर्ग र समुदायका जनताको साझा जनविद्रोह हो । टिकापुरका राजबन्दीहरु सिंगो देशका आस्थाका बन्दीहरु हुन । उनीहरुको रिहाईका लागि आआफ्नो ठाउँबाट आवाज दिनु सबै न्यायप्रेमी, लोकतन्त्रवादी र मानवअधिकार पक्षधरहरुको साझाकर्तव्य र दायित्व हो ।
टिकापुर जनविद्रोहका आस्थाका राजबन्दीहरुको न्याय र सम्मानजनक रिहाईका लगि सहयोग गर्न हामी सबै देशबासीमा हार्दिक अपिल गर्दछौं ।




3 thoughts on “रेशम चौधरीलगायत ‘टीकापुर जनविद्रोह’का राजबन्दीहरुको रिहाइका लागि अपिल

  1. उक्त घटनामा दोषी बनाएका रेसम चौधरी लगायत सबै जेल बन्दीहरुको रिहाईको लागि हतेर डराएर होइन अब डतेर आन्दोलन गर्नु पर्छ।

  2. ❤ kp sharma oli ko dhan jaos yo kurama
    Jagat Chaudhary ek emandar tharu neta lagayet thap 5 jana tharu ko team duwara direct PM samga bhet barta bhayeko jaan kari garauna chahanxu

Leave a Reply

Your email address will not be published. Required fields are marked *