थारु पत्रकार संघ बाराले पुस २९ गते माघी मिलन गर्ने

थारु पत्रकार संघ नेपालको बारा शाखाले माघी मिलन कार्यक्रम गर्ने भएको छ। रेडियो कोल्हबीको प्राङ्गणमा जियालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले पुस २९ गते कार्यक्रम आयोजना गर्ने निर्णय भएको सहसचिव मिनाक्षी चौधरीले जानकारी दिइन्।
आफ्नो भाषा , कला , रीतिरिवाज तथा साँस्कृतिक जोगाउनको निमित प्रत्येक वर्ष थारु पत्रकार संघ नेपाल बारा शाखाले विभिन्न कार्यक्रम गर्दै आएको समेत चौधरीले बताए। कार्यक्रममा थारु समुदायको विभिन्न परिकार तथा साँस्कृतिक झल्किने गरी कार्यक्रम गर्ने भएको जनाए।
बैठकमा थारु पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष दुष्यन्त चौधरी, केन्द्रीय सदस्य रेनु कुमारी चौधरीको पनि उपस्थिति रहेको थियो।
Facebook Comment