टीकापुर घटनाको फैसला उल्टाइएपछि जन्मकैद सजाय पाएका पाँच जना छुटे

टीकापुर घटनामा कैद सजाय भुक्तान गरिरहेकामध्ये कैद सजाय भुक्तान गरिरहेका ४ जना प्रतिवादी रिहा भएका छन् । उच्च अदालत दिपायलको फैसलापछि राजेश चौधरी, बृजमोहन चौधरी, सुन्दरलाल कठरिया र राजकुमार कठरिया रिहा भएका हुन् ।

जिल्ला कारागार कैलालीमा सजाय भुक्तान गरिरहेका उनीहरुलाई अदालतको पत्रपछि रिहा गरिएको जिल्ला कारागार प्रमुख महेन्द्र सिंह खड्काले बताए । उनीहरुले ५ वर्ष ६ महिना कैद भुक्तान गरिसकेकोले कैदमुक्त गरिएको हो।

उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले बिहीबार सो घटना सम्बन्धी मुद्दाको सुनुवाइ गर्दै कैद गर्ने फैसला सुनाएको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *