आन्दोलनको तयारीमा थरुहट थारुवान राष्ट्रिय मोर्चा

टीकापुर घटनामा जेलबन्दी रहेकाहरुको रिहाईका लागि निरन्तर संघर्ष गर्दै आएको थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको तयारी गरेका छन्। उच्च अदालतको फैसलाप्रति आपत्ति जनाउँदै सशक्त आन्दोलन घोषणाको तयारी भइरहेको मोर्चाका महासचिव तुल्सीप्रसाद चौधरीले जानकारी दिए।

उनका अनुसार केही दिनमा जिल्ला जिल्लाबाट मोर्चाका सदस्यहरुलाई काठमाडौं बोलाएर बैठक गरिनेछ। सोही बैठकले सशक्त आन्दोलनको घोषणा गर्ने महासचिव चौधरीले जानकारी दिए।

‘मोर्चाका सदस्यहरु जिल्ला जिल्लामा छन्। उहाँहरु सबैलाई काठमाडौं बोलाइएको छ। केही दिनभित्रै बैठक बसेर सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं,’ महासचिव चौधरीले भने।

यो पनि पढ्नुस्:

टीकापुर घटनाको फैसला उल्टियो, रेशमसहित ७ जनाको फैसला सदर, ४ जनाको सजाय घट्यो 

लक्ष्मण थारुलाई जन्मकैद, संगम, दिल र जीतबहादुरलाई जनही दस वर्ष सजाय




One thought on “आन्दोलनको तयारीमा थरुहट थारुवान राष्ट्रिय मोर्चा

  1. थारुवान नाम मात्र को रैछ भन्ने बुझियो न त देश भरिको थारुहरुलाइ यक ढिका भयर हिनाउन सकेको छ न त नेपाल मा केहि गरनै सकेको परेको बेलामा यक छिन उफ्रीन्छ फेरि सेलाउन सस्कत भयर लागनु परयो के चहे यो मामिला म होस या अनय कुनै मामिला मा

Leave a Reply to surendra chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *