श्रीनिवास र अन्नुको गीतमा निर्देशक दम्पतिको अभिनय

निर्देशक हीरा चौधरी र उनकी धर्मपत्नी कल्पना चौधरीले अभिनय गरेको नयाँ थारु म्युजिक भिडियो सार्वजनिक भएको छ। श्रीनिवास चौधरी र अन्नु चौधरीको स्वर रहेको साँस से साँस मिलाके बोलको गीत यसअघि नै टिकटकमा भाइरल बनेको थियो। भिडियो दूई आत्माको प्रेम कहानीमा आधारित छ।

गीतमा केशव राजवंशीको शब्द, श्याम चौधरीको संगीत र गणेश चौधरीको संगीत संयोजन रहेको छ।

हीरा चौधरीले नै निर्देशन गरेको भिडियोलाई लक्ष्मण घिमिरेले खिचेका हुन् भने सुरेश चौधरीले सम्पादन गरेका छन्। कल्पनाले यसअघि नै विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।

गायकद्वय श्रीनिवास र अन्नु चौधरी जोडी यसअघि पनि थुप्रै हिट गीत गाइसकेका छन्। गायक श्रीनिवासका अनुसार उनै अन्नुसँग धक धक करे मोरे जिया बोलको गीत छिट्टै सार्वजनिक गरिनेछ। त्यस्तै निकिता थारुसँग श्रीनिवासको अर्को गीत रि सौरीको छायाँकन सकिएर पोस्टप्रोडक्‍सनको काम भइरहेको छ। चितोनिया भाषाको यो गीतको भिडियो पनि छिट्टै सार्वजनिक गरिने गायक चौधरीले बताए।




One thought on “श्रीनिवास र अन्नुको गीतमा निर्देशक दम्पतिको अभिनय

Leave a Reply to Keshab rajbanshi Cancel reply

Your email address will not be published. Required fields are marked *