जाँड-रक्सीलाई निरुत्साहित गर्ने सन्देशसहित मदुवा ३ को भिडियो सार्वजनिक

दर्पण कुशुम्याको मदुवा फ्रेन्चाइजको तेस्रो गीतको भिडियो सार्वजनिक भएको छ। दर्पण र सोनु कुश्मीको स्वर रहेको गीतमा अनुराग सायर र सुमित रत्गैँयाको शब्द र केशव बडुको स‌ंगीत स‌ंयोजन रहेको छ।

गीतको भिडियोमा भने गंगा डंगौरा, सुमित रत्गैँया, सुनिता चौधरी, टिजाराम चौधरी, सम्झना चौधरीलगायतले अभिनय गरेका छन्। सत्यनारायण थारुको निर्देशन रहेको भिडियोमा सतिश सिन्हाले छायाँकन तथा सम्पादन गरेका छन्।

भिडियोमा जाँड रक्सीलाई निरुत्साहित गर्नुपर्ने सन्देशसमेत दिइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *