यी हुन् जसपाका तीन केन्द्रीय कार्यकारिणीसहित केन्द्रीय सदस्यहरु

जनता समाजवादी पार्टी (जसपा)ले तीन जना केन्द्रीय कार्यकारिणी सदस्यसहित ३५ जना थारुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

कात्तिक ३-४ गते बालकुमारी बसेको बैठकले १०औं वरियतामा गोविन्द चौधरी, १५औं वरियतामा राजकुमार लेखी र १७औं वरियतामा रेशम चौधरीलाई मनोनित गरेको छ। यसको साथै नेता लेखीलाई समायोजन कार्यदलअन्तर्गत सुदूरपश्चिम प्रदेशको जिम्मा र श्रम तथा रोजगार विभागको जिम्मासमेत दिएको छ।

त्यस्तै, दयसिंह थारु बर्दिया, कृष्णकुमार चौधरी कैलाली, कल्पना चौधरी सप्तरी, केदारनाथ चौधरी सर्लाही, कृष्णबहादुर चौधरी कैलाली, गोविन्द चौधरी नवलपरासी, चिरन्‍जिबी राम थारु बर्दिया, चन्द्रकान्त चौधरी सप्तरी, चन्द्रिका देवी चौधरी नवलपरासी, तुल्सी चौधरी सप्तरी, दुर्गाप्रसाद चौधरी नवलपरासी, पुरन प्रसाद चौधरी नवलपरासी, पशुपती चौधरी कैलाली लाई केन्द्रीय सदस्यमा मोननित गरेको छ।

त्यस्तै फकला थारु बर्दिया, फोनिराम चौधरी कैलाली, मोहनलाल चौधरी पर्सा, महेन्द्र प्रसाद चौधरी सप्तरी, मनमोहन चौधरी रुपन्देही, महादेव भगत मोरङ, मालामती राना थारु कैलाली, मीना चौधरी कैलाली, मुरलीधर चौधरी रौतहट, रामश्रय चौधरी रौतहट, रामकुमार थारु बर्दिया, रामकृष्ण राना कञ्चनपुर, विष्णु नारायण चौधरी रौतहट, विनोदकुमार चौधरी रौतहट, शैलेश चौधरी सप्तरी, शंकर चौधरी सप्तरी, सन्तलाल चौधरी रौतहट, सुनिता चौधरी कैलाली र होरीलाल चौधरी कैलालीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

तत्काली राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी मिलेर जसपा बनेको हो। जसपा बनेसँगै संसदको तेस्रो ठूलो शक्तिकोरुपमा पनि उभिएको छ। यही पार्टीले प्रदेश २ मा सरकार सञ्चालनसमेत गर्दछ।

पछिल्लो समय पहिचानवादीको पार्टी र थारु, मधेसी, जनजातिको पार्टीको रुपमा पनि जसपाले आफूलाई ब्यख्या गर्दै आएको छ।

तर ८०१ पूर्ण केन्द्रीय सदस्यमा देशकै चौथो ठूलो जनसंख्या भएको थारुहरु ४.३ प्रतिशत केन्द्रीय सदस्यमै खुम्च्याइएको छ। थारुहरुले समावेशिताका सबालमा पनि कम्तिमा जनसंख्याको आधारमा ६.५ प्रतिशत आरक्षण सरकारी निकाय होस् वा अन्य ठाउँमा सुरक्षित गर्न माग गर्दै आएका छन्। तर पहिचानवादी पार्टीकै रुपमा उभिएको पार्टीले समानुपातिक समावेशितालाई लत्याउँदा दुःख लागेको राजपा नेताहरुले बताएका छन्।

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *