थारुहरुले थारुवान राज्यको लागि लड‍्नुपर्छ : सन्तकुमार थारु

नेकपाका सांसद सन्तकुमार थारुले थारुहरुले अझै थारुवान राज्यका निम्ति लड्नुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित बारबर्दियाको वृत्तचित्र प्रदर्शनीमा बोल्दै उनले थारुहरुले थारुवानको मुद्दा छाड्न नहुने बताएका हुन्।

‘जसरी लेनिनले जातीय स्वायत्ता र आत्‍मनिर्णयको अधिकारका लागि लडे। त्यस्तै अधिकार हामीले पनि पाउनुपर्छ। त्यही अधिकारका लागि हामीले लडेका पनि हौं,’ उनले भने।

उनले विगत सम्झिँदै त्यतिबेला थारुवान राज्यका निम्ति सम्पूर्ण थारुहरु एक भएर आन्‍दोलनमा होमिएको बताए। ‘जसरी त्यसबेला हामी एक भएर थारुवान राज्यका लागि लड्यौं। त्यसरी नै अहिले थारुहरु एक भएर त्यो अधिकार प्राप्तिको लागि लड्नुपर्छ,’ उनले भने।

अहिलेका पुस्ता सँस्कितदेखि धेरै टाढा पुगेकाले उनीहरुलाई आफ्नो मौलिक पहिचान र सँस्कृतिबारे सुशुचित गर्नुपर्ने उनले बताए।




One thought on “थारुहरुले थारुवान राज्यको लागि लड‍्नुपर्छ : सन्तकुमार थारु

  1. पहिले रेशम छुटाउने अनि धोङ फुक्नु बेकार

Leave a Reply to दिनेश Cancel reply

Your email address will not be published. Required fields are marked *